Global TV Logo
लोड हुँदैछ...

संविधान दिवसका अवसरमा टुँडिखेलमा राष्ट्रपति र प्रधानमन्त्री सहभागी

B
Binita Thapa
२०२६-०९-१९, ०४:०४ AM
होमपेज/समाचार
संविधान दिवसका अवसरमा टुँडिखेलमा राष्ट्रपति र प्रधानमन्त्री सहभागी

 असोज ३-  राष्ट्रिय दिवसका रूपमा मनाइने संविधान दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा भव्य र विशेष समारोह शुरु भएको छ ।

समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र साहसहित सरकारका प्रमुखहरू, विशिष्ट पदाधिकारीहरू तथा कूटनीतिक नियोगका प्रतिनिधिहरू उपस्थित छन् । समारोहमा सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र विभिन्न सांस्कृतिक झाँकी टोलीहरूले कवाज तथा सांस्कृतिक प्रस्तुति प्रदर्शन गर्ने छन् ।

संविधान दिवसको अवसरमा देशभर तथा विदेशस्थित नेपाली कूटनीतिक नियोगहरूमा पनि विभिन्न कार्यक्रम गरी दिवस मनाइँदै छ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com