Global TV Logo
लोड हुँदैछ...

प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम नभएसम्म विपक्षी दलहरूले संसदमा विरोध जारी राख्ने

B
Binita Thapa
२०२६-०५-२५, ०३:४३ AM
होमपेज/समाचार
प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम नभएसम्म विपक्षी दलहरूले संसदमा विरोध जारी राख्ने

जेठ ११- विपक्षी दलहरूले प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम सञ्चालन नभएसम्म विरोध जारी राख्ने निर्णय गरेका छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित विपक्षी दलहरू नेकपा ९एमाले०, नेकपा र राप्रपाका प्रमुख सचेतकको आज बसेको बैठकले विरोध जारी राख्ने निर्णय गरेको नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले जानकारी दिए । 

संसदमा प्रधानमन्त्रीले आएर सांसदका प्रश्नको जवाफ दिनुपर्ने उनले बताए ।  कार्यपालिकालाई संसदप्रति जवाफदेही बनाउनका लागि विपक्षीहरू एकजुट भएर अघि बढ्ने समझदारी भएको उनको भनाई छ । सिंहदरबारमा रहेको एमाले संसदीय दल कार्यालयमा बसेको बैठकमा विपक्षमा रहेका चार वटा दलका प्रमुख सचेचक र सचेकतहरू सहभागी थिए ।

प्रतिनिधिसभा नियमावलीमा हप्ताको पहिलो हप्ता कुनै दिन प्रधानमन्त्रीसँग एक घण्टा प्रश्नोत्तरको कार्यक्रम सञ्चालन गर्ने व्यवस्था गरेको छ । नियमावलीअनुसार जेठको पहिलो हप्ता यस्तो प्रश्नोत्तरको कार्यक्रम सञ्चालन हुनुपर्नेमा सभामुखले मिति नतोकेपछि विपक्षी दलहरूले संसदमा अवरोध गर्दै आएका छन् ।

विपक्षीको अवरोधपछि सभामुख डोलप्रसाद अर्याल प्रधानमन्त्री कार्यालय पुगेर आग्रह गर्दासमेत प्रधानमन्त्री बालेन्द्र शाह प्रश्नोत्तरका लागि आउन मनेका छैनन्। प्रतिनिधिसभाको अर्को बैठक मङ्गलवार बस्दैछ ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com
प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम नभएसम्म विपक्षी दलहरूले संसदमा विरोध जारी राख्ने | Global TV Khabar