Global TV Logo
लोड हुँदैछ...

प्रस्तावित प्रधानन्यायाधीश शर्मामाथि संसदीय सुनुवाइ सुरु, प्रमुख दलले भने– प्रक्रिया सोचेर अघि बढाऔं

S
Sristi Thakuri
२०२६-०५-१९, ०७:०९ AM
होमपेज/समाचार
प्रस्तावित प्रधानन्यायाधीश शर्मामाथि संसदीय सुनुवाइ सुरु, प्रमुख दलले भने– प्रक्रिया सोचेर अघि बढाऔं

सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस भएका डा. मनोज कुमार शर्मामाथि संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ।संसदीय सुनुवाइ समितिको बैठक बिहान ८ बजेदेखि सुरु भएको हो। बैठकमा उनलाई परेका उजुरीहरूको विवरण तथा शर्माका कार्ययोजना सांसदहरूलाई वितरण गरिएको छ। समितिका अनुसार शर्माविरुद्ध १६ वटा उजुरी परेका छन्, जसमा ११ वटा इमेलमार्फत र ५ वटा लिखित निवेदनका रूपमा दर्ता भएका हुन्।

समिति सभापति बोधनारायण श्रेष्ठले आजै उजुरीकर्तासँग छलफल गर्ने र प्रस्तावित प्रधानन्यायाधीश शर्माको सुनुवाइ प्रक्रिया अघि बढाउने तयारी गरिएको जानकारी दिएका छन्।तर, सुनुवाइ प्रक्रियामै केही सांसदहरूले हतार नगर्नुपर्ने धारणा राखेका छन्। नेकपा एमालेकी सांसद पद्या अर्यालले आजै उजुरी बाँडिएको अवस्थामा तत्काल सुनुवाइ गर्न नहुने भन्दै अध्ययनका लागि समय आवश्यक रहेको बताइन्। त्यस्तै नेकपाका सांसद वर्षमान पुनले पनि उजुरीहरूको गहिरो अध्ययन र छलफलका लागि कम्तीमा एक दिन समय दिनुपर्ने माग राखेका छन्।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com