Global TV Logo
लोड हुँदैछ...

न्यायालयमा राजनीति छिराइयो : वर्षमान पुनको सरकारमाथि गम्भीर आरोप

S
Sristi Thakuri
२०२६-०५-२०, ०९:२१ AM
होमपेज/राजनीति
न्यायालयमा राजनीति छिराइयो : वर्षमान पुनको सरकारमाथि गम्भीर आरोप

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद वर्षमान पुनले  प्रधानन्यायाधीश नियुक्ति प्रक्रियामा सरकारले न्यायालयको स्थापित वरियता प्रणाली मिचेर राजनीति गर्न खोजेको आरोप लगाएका छन् । सांसद पुनले सरकारले न्यायालयको ८० वर्षको इतिहासमा पहिलोपटक वरियता क्रम मिचेर चौथो वरियतामा रहेका न्यायाधीशलाई प्रधानन्यायाधीश बनाएर न्यायालयमा राजनीति छिराएको आरोप लगाए । साथै उनले विगतमा आफू समाहित दलले न्यायालयमा राजनीति नगरेको पनि स्पष्ट पारे । संसदीय सुनुवाइ समितिमा समेत प्रक्रिया पूरा गर्नुपर्ने आफ्नो पक्षको माग बेवास्ता गर्दै सत्तापक्षले नियुक्ति प्रक्रियामा अत्यधिक हतार गरेको पुनको टिप्पणी छ । 

साथै सांसद पुनले दुई तिहाई नजिकको जनमतबाट आएको सरकारलाई शंकाको लाभको आधारमा आफूहरुले समेत प्रधानन्यायाधीश नियुक्तिमा समर्थन जनाएको बताए । 

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com