‘गण्डकीसहित विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह’।

जल तथा मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो गण्डकी प्रदेशको एक–दुई ठाउँमा ठूलो पानी पर्ने जनाएको छ ।
महाशाखाले दिउँसो गण्डकी प्रदेशका एक दुई ठाउँमा र राति कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने जानकारी दिएको हो । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भाग तथा मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू–भागको एक–दुई ठाउँमा पनि मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
भोलि र पर्सि पनि देशका केही ठाउँमा ठूलो पानी पर्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । देशका धेरैजसो ठाउँमा पानी परेसँगै गर्मी घटेको छ । हिजोसम्म सुदूरपश्चिमको तराईमा तातो दिन भएकोमा राति पानी परेपछि गर्मी केही कम भएको हो ।
आज र भोलि पनि पानी पर्ने भएकाले भोलिसम्म कतै पनि तातो दिन नहुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अबको केही दिनमा नेपालको पूर्वी भागबाट मनसुन भित्रिने सम्भावना छ ।
लोकप्रिय खबर
लोड हुँदैछ...



