Global TV Logo
लोड हुँदैछ...

संवैधानिक राजसंस्था र हिन्दु राष्ट्रको माग गर्दै आन्दोलनको तयारी

S
Sristi Thakuri
२०२६-०७-२६, १२:२० PM
होमपेज/विशेष समाचार
संवैधानिक राजसंस्था र हिन्दु राष्ट्रको माग गर्दै आन्दोलनको तयारी

काठमाडौं ,साउन १० - प्रजातान्त्रिक पार्टी नेपालले संवैधानिक राजसंस्था, वैदिक सनातन हिन्दु राष्ट्र, भ्रष्टाचारमुक्त शासन व्यवस्था र स्वायत्त शासन प्रणालीको माग गर्दै भदौको अन्तिम सातादेखि सडक आन्दोलन गर्ने तयारी गरेको छ।

आईतवार बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले आन्दोलनको तयारी गर्ने निर्णय गरेको हो। अध्यक्ष डा.तारानाथ लुइँटेलले केन्द्रीय समितिको बैठकबाट आन्दोलनको औपचारिक निर्णय गरिने जानकारी दिए।

उनले वर्तमान राजनीतिक नेतृत्वले सुशासन दिन नसकेको आरोप लगाउँदै भ्रष्टाचार नियन्त्रण प्रभावकारी हुन नसकेको बताए। बर्खा सकिएलगत्तै आफ्ना एजेन्डासहित सडक आन्दोलनमा उत्रिने पार्टीको तयारी रहेको उनले बताए।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com