Global TV Logo
लोड हुँदैछ...

काठमाडौंमा आधुनिक फोहोर व्यवस्थापनको तयारी, टेकु ट्रान्सफर स्टेसन मंसिरभित्र सञ्चालनमा

S
Sristi Thakuri
२०२६-०७-२२, ०६:२६ AM
होमपेज/विशेष समाचार
काठमाडौंमा आधुनिक फोहोर व्यवस्थापनको तयारी, टेकु ट्रान्सफर स्टेसन मंसिरभित्र सञ्चालनमा

काठमाडौं , साउन ६ - काठमाडौं महानगरपालिकाले टेकुमा निर्माणाधीन आधुनिक फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी गरेको छ। 

बुधबार केन्द्रको स्थलगत अनुगमनपछि कार्यवाहक प्रमुख सुनिता डंगोलले निर्माण कार्य सकेसम्म मंसिरअघि नै सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्य रहेको बताइन् ।

उनका अनुसार केन्द्रमा यान्त्रिक प्रणालीमार्फत जैविक र अजैविक फोहोर छुट्याइनेछ। अजैविक फोहोर पुनःप्रयोगका लागि पठाइनेछ भने जैविक फोहोर बञ्चरेडाँडा व्यवस्थापन स्थलमा पठाइनेछ। साथै, जैविक फोहोरबाट कम्पोष्ट मल उत्पादन गर्ने सम्भावनामा पनि महानगरले काम गरिरहेको उनले जानकारी दिइन् । 

डंगोलले हाल खुला रूपमा फोहोर वर्गीकरण गर्दा प्रदूषण र स्वास्थ्य जोखिम बढेकाले आधुनिक ‘मेटेरियल रिकभरी फेसिलिटी’सहितको स्थानान्तरण केन्द्र निर्माण गरिएको बताइृन् । केन्द्र सञ्चालनमा आएपछि बञ्चरेडाँडा पुग्ने फोहोरको मात्रा घट्नुका साथै काठमाडौंको फोहोर व्यवस्थापन थप आधुनिक, सुरक्षित र व्यवस्थित हुने अपेक्षा गरिएको छ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com