एक साताभित्र संसदमा आउने प्रधानमन्त्री शाहको तयारी

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री बालेन्द्र साहलाई एक साताभित्र संसदमा उपस्थित गराउने प्रतिबद्धता जनाएको छ। प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्रीको सचिवालयसँग यस विषयमा छलफल भएको जानकारी दिएका छन् । उनले प्रधानमन्त्री शाह चाँडै संसदमा आएर आफ्नो धारणा राख्ने बताउँदै संसदको अवरोध अन्त्य गर्न प्रतिपक्षी दलहरूलाई आग्रह गरेका हुन् । बुर्लाकोटीले “सम्भवतः अबको एक हप्ताभित्र प्रधानमन्त्रीज्यू संसदमा उपस्थित हुनुहुनेछ” भन्दै सदन सञ्चालनमा सहयोग गर्न सबै पक्षलाई अनुरोध गगरेका छन् । यता, प्रतिपक्षी दलहरूले भने प्रधानमन्त्री संसदप्रति जिम्मेवार बन्नुपर्ने माग राख्दै निरन्तर संसद अवरोध गर्दै आएका छन् । उनीहरूले प्रधानमन्त्री स्वयं सदनमा उपस्थित भएर जवाफ दिनुपर्ने अडान दोहोर्याएका छन् ।
लोकप्रिय खबर
लोड हुँदैछ...



