काठमाडौंका ९२ निजी विद्यालयको अनुमति रद्द गर्ने तयारी

भदौ ७ - काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले विभिन्न ९२ संस्थागत विद्यालयको अनुमति वा स्वीकृति रद्द गर्नेसम्बन्धी ३५ दिने सूचना जारी गरेको छ ।
महानगर क्षेत्रभित्र प्रचलित कानुनबमोजिम अनुमति वा स्वीकृति लिई सञ्चालनमा रहेका तर हाल रद्द गर्नुपर्ने अवस्थामा पुगेका विद्यालयलाई ३५ दिनभित्र आवश्यक कागजातसहित विवरण पेस गर्न विभागले निर्देशन दिएको हो ।
शिक्षा ऐन २०७५ को दफा ३६ बमोजिम विद्यालयको अनुमति वा स्वीकृति रद्द गर्नुपर्ने अवस्था आएकाले सूचना प्रकाशित गरिएको महानगर शिक्षा विभागका प्रमुख नवराज ढकालले जानकारी दिएका छन् । तोकिएको अवधिमा चित्तबुझ्दो जवाफ नआए विद्यालयको अनुमति वा स्वीकृति रद्द गर्ने प्रक्रिया अघि बढाउने उनले स्पष्ट पारेका छन् ।
यसअघि पनि दर्ता भएर सञ्चालनमा नरहेका संस्थागत विद्यालयको स्थलगत अनुगमन गरी अनुमति खारेज गर्ने निर्णय महानगरपालिकाले गरेको थियो । नगर शिक्षा समितिको बैठकले कागजमा मात्र सीमित र वास्तविकतामा सञ्चालनमा नरहेका विद्यालयको अनुमति खारेजी प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो ।
लोकप्रिय खबर
लोड हुँदैछ...


