Global TV Logo
लोड हुँदैछ...

देशभर मूल्य पारदर्शिता र सरसफाइ सप्ताह शुरु

B
Binita Thapa
२०२६-०५-११, ०४:०० AM
होमपेज/समाचार
देशभर मूल्य पारदर्शिता र सरसफाइ सप्ताह शुरु

बैशाख २८ - बजारमा व्याप्त अनियमितता, कृत्रिम मूल्यवृद्धि र उपभोक्ता ठगी नियन्त्रण गर्ने उद्देश्यले सरकारले आजदेखि देशभर विशेष अभियान सञ्चालन गर्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा ‘मूल्य पारदर्शिता सप्ताह’ आयोजना गरिएको हो ।

बजारमा हुने गैरकानुनी क्रियाकलाप रोक्नसप्ताहव्यापी अभियानले ‘कोसेढुङ्गा’ को काम गर्ने विश्वास सरकारको छ । सबै सरोकारवाला निकाय, नागरिक समाज र सञ्चारकर्मीलाई अभियानमा सक्रिय सहयोग गर्न र बजारमा हुने अनियमितताको खबरदारी गर्नसमेत सरकारले आग्रह गरेको छ । यो अभियान आउँदो जेठ ३ गतेसम्म चल्नेछ ।

अभियानअन्तर्गत हरेक पालिकाले आफ्नो क्षेत्रभित्रका वस्तु तथा सेवा प्रदायकहरूलाई अनिवार्य रूपमा मूल्यसूची राख्न आह्वान गर्नेछन् । मूल्यसूचीको पालना भए नभएकोबारे पालिकाले नै नियमित अनुगमन गर्ने जिम्मेवारी पाएका छन् ।

यस्तै, जिल्ला प्रशासन कार्यालयहरूलाई जिल्ला तहमा बजार अनुगमन समितिलाई सक्रिय बनाउँदै मूल्य पारदर्शिताका लागि व्यापक प्रचारप्रसार गर्ने र नियमन सुनिश्चित गर्ने जिम्मेवारी दिइएको छ । बजारमा वस्तु तथा सेवाको मूल्यमा एकरूपता नहुँदा र उपभोक्ताहरूले वास्तविक मूल्य थाहा नपाउँदा ठगिने क्रम बढेको व्यापक गुनासो आएपछि सरकारले यो कदम चालेको हो । 

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com