प्रधानमन्त्री बालेनले युरोपेली संघका राजदूतहरूसँग भेट गरे

प्रधानमन्त्री बालेन्द्र शाह बालेनले काठमाडौं र नयाँदिल्लीस्थित युरोपेली संघ ईयू मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग संयुक्त भेटवार्ता गरेका छन् । मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको उक्त भेटवार्ताबारे प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी दिएको हो ।भेटवार्तामा परराष्ट्रमन्त्री शिशिर खनाल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलसहित उच्च सरकारी अधिकारीहरूको उपस्थिति रहेको थियो ।प्रधानमन्त्री बालेन शाहले ईयू सदस्य राष्ट्रका कूटनीतिक प्रतिनिधिहरूसँग भएको छलफलमा आपसी सम्बन्ध, सहकार्य र समसामयिक विषयमा कुराकानी गरेको बताइएको छ । सरकारी स्रोतका अनुसार उक्त भेटवार्ता नेपाल र युरोपेली संघबीचको कूटनीतिक सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यले केन्द्रित रहेको थियो ।
लोकप्रिय खबर
लोड हुँदैछ...



