गणतन्त्र दिवसमा प्रधानमन्त्री बालेन शाहले सम्बोधन नगर्ने, राष्ट्रपति पौडेललाई जिम्मा

प्रधानमन्त्री बालेन्द्र शाहले यस वर्षको गणतन्त्र दिवसका अवसरमा टुँडिखेलमा हुने विशेष समारोहलाई सम्बोधन नगर्ने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले राष्ट्रपति रामचन्द्र पौडेललाई समारोहमा सम्बोधन गर्न सिफारिस गर्दै पत्र पठाएपछि प्रधानमन्त्री स्वयं सम्बोधन नगर्ने विषय स्पष्ट भएको हो ।प्रधानमन्त्री कार्यालयका अनुसार संविधानको धारा ६६ को उपधारा ९२० बमोजिम राष्ट्रपतिबाट गणतन्त्र दिवस समारोहलाई सम्बोधन गराउने निर्णयसहित सिफारिस गरिएको हो । उक्त धारामा राष्ट्रपतिका कार्यहरू मन्त्रिपरिषद्को सिफारिस र सम्मतिबाट हुने व्यवस्था गरिएको छ ।सरकारले यसअघि प्रधानमन्त्री शाहकै नेतृत्वमा गणतन्त्र दिवस मूल समारोह समिति गठन गरेको भए पनि यसपटक सम्बोधनको जिम्मा राष्ट्रपतिलाई दिने तयारी गरिएको छ । अघिल्ला वर्षहरूमा प्रधानमन्त्रीले नै सम्बोधन गर्ने र राष्ट्रपतिको उपस्थिति रहने परम्परा रहेकामा यस वर्ष भने राष्ट्रपतिबाटै मुख्य सम्बोधन हुने भएको हो ।
लोकप्रिय खबर
लोड हुँदैछ...



