प्रधानमन्त्री बालेन शाहको संसद सम्बोधन अझै अनिश्चित : रास्वपा
S
Sristi Thakuri२०२६-०५-२०, ०९:४४ AM

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्री बालेन्द्र साहले संसद बैठकलाई सम्बोधन गर्ने कार्यतालिका तय भइनसकेको बताएका छन् ।
बुधवार संसद भवन परिसरमा सञ्चारकर्मीले प्रधानमन्त्रीले संसदलाई सम्बोधन कहिले गर्नुहुन्छ ? भन्ने प्रश्नको जवाफ दिँदै महामन्त्री बुर्लाकोटीले कार्यतालिका तय भइनसकेको जवाफ फर्काएका हुन् । सरकारले मन्त्रीहरुलाई कार्यविभाजन गरेर संसदमा जवाफ दिने तालिका बनाइरहेको जानकारी पनि आफूले पाएको उनको भनाई थियो । साथै उनले मन्त्रीहरुले सम्बन्धीत मन्त्रालयसँग सम्बन्धीत प्रश्नको जवाफ दिनेगरी कार्यविभाजन गरिएको समेत बताए ।लामो समयदेखि प्रतिपक्षी दलहरुले संसदमा प्रधानमन्त्री स्वयंले जवाफ दिनुपर्ने माग गर्दै आएका छन् ।
लोकप्रिय खबर
लोड हुँदैछ...



