Global TV Logo
लोड हुँदैछ...

भोटेकोसी बाढीबारे प्रधानमन्त्री शाहले सांसदसँग छलफल गरे

S
Sristi Thakuri
२०२६-०८-२६, ०८:२८ AM
होमपेज/विशेष समाचार
भोटेकोसी बाढीबारे प्रधानमन्त्री शाहले सांसदसँग छलफल गरे

काठमाडौं , भदौ १० - रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट उत्पन्न परिस्थितिबारे प्रधानमन्त्री वालेन्द्र शाहले प्रभावित क्षेत्रका सङ्घीय सांसदहरूसँग छलफल गरेका छन्।

बुधबार सिंहदरबारमा भएको भेटमा रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका सांसदहरूले बाढीबाट भएको क्षति, तटीय बस्तीको अवस्था तथा उद्धार र राहतका लागि आवश्यक कदमबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए।

प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिँदै उद्धार, राहत तथा जोखिम न्यूनीकरणका लागि आवश्यक पहल गर्ने विषयमा सांसदहरूसँग परामर्श गरेका छन्।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com