रघुजी पन्तको जोड: शक्तिशाली राष्ट्रले कमजोरमाथि शर्त लाद्ने प्रवृत्ति अन्त्य हुनुपर्छ

काठमाडौं , असोज २ - नेकपा एमालेका उपाध्यक्ष रघुजी पन्तले विश्वमा शक्तिशाली राष्ट्रले कमजोर राष्ट्रमाथि आफ्नो इच्छा र शर्त लाद्ने प्रवृत्ति अन्त्य हुनुपर्ने बताएका छन ।
काठमाडौंमा महान ताङको पश्चिमी क्षेत्रको अभिलेखको नेपाली संस्करण पुस्तक विमोचन समारोहमा बोल्दै पन्तले नेपाल र चीनका जनता बुद्धका विचार र भावनाबाट प्रभावित रहेको समेत उल्लेख गरेका छन । उनले नेपाली समाजमा विभिन्न धर्म मान्ने भएपनि भगवान बुद्धप्रति विशेष सद्भाव, आस्था र विश्वास रहेको पनि बताएका छन । बुद्धका विचारले शान्ति, सहअस्तित्व र आपसी सम्मानको सन्देश दिने उनको भनाई छ ।
पन्तले कृत्रिम बुद्धिमत्ता (एआई), डिजिटल प्लेटफर्मलगायत प्रविधिको प्रयोगका विषयमा समेत विश्वव्यापी सहकार्य आवश्यक रहेको बताएका छन । विश्वमा कुनै एक देश वा शक्तिको हैकम चल्ने अवस्था स्वीकार गर्न नहुने उनको भनाइ छ ।
लोकप्रिय खबर
लोड हुँदैछ...



