देशका धेरै स्थानमा आज वर्षाको पूर्वानुमान

भदौ १३- देशका धेरै स्थानमा आज भदौ १३ वर्षाको पूर्वानुमान छ । ‘धेरै भारी’सम्म पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यी जिल्लाका एक–दुई स्थानमा राति भारी वर्षाको सम्भावना रहेको छ । वाग्मती प्रदेशमा सिन्धुपाल्चोकमा वर्षाको सम्भावना बढी देखिएको छ ।
दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । मनसुन फेरि केही सक्रिय देखिएको छ । वर्षाको गतिविधि हिजो भदौ १२को तुलनामा आज बढ्ने महाशाखाको पूर्वानुमान छ ।
मनसुनको गतिविधि बढ्दा ‘भारी’ वर्षाको सम्भावना हुन्छ । आज र भोलि भदौ १४ वर्षाको गतिविधि बढ्ने छ । कोसी र गण्डकी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको उनले स्पष्ट पारिन् ।
कुनै स्थानमा २४ घण्टामा ५० देखि १०० मिलिमिटरसम्म पानी पर्नुलाई ‘भारी’ वर्षा भनिन्छ । १० देखि ५० मिलिमिटरसम्म पानी परे ‘मध्यम’ वर्षा भनिन्छ । १० मिलिमिटरसम्म पानी परे ‘हल्का’ वर्षा भनिने महाशाखाले जनाएको छ ।
कुनै स्थानमा २४ घण्टामा १०० देखि २०० मिलिमिटर पानी पर्नुलाई ‘धेरै भारी’ वर्षा भनिन्छ । २४ घण्टामा २०० मिलिमिटरभन्दा धेरै पानी परे ‘अति’ भारी वर्षा भनिने महाशाखाले जनाएको छ ।
लोकप्रिय खबर
लोड हुँदैछ...



