ज्ञानेन्द्र शाहीलाई राजु पाण्डेको जवाफ : देशको शान्ति र जनमतको सम्मान गर्न आग्रह

काठमाडौं, साउन ३ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजु पाण्डेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीलाई सार्वजनिक अभिव्यक्ति दिँदा आफ्नो पद, जिम्मेवारी र मर्यादाको ख्याल गर्न आग्रह गरेका छन्।
पाण्डेले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै नेपाल जनताको लामो संघर्ष र बलिदानबाट स्थापित लोकतान्त्रिक गणतन्त्र भएको उल्लेख गरेका छन्। उनले सबै नागरिकलाई आफ्नो विचार व्यक्त गर्ने अधिकार रहेको भए पनि देशको शान्ति, स्थिरता र जनताको लोकतान्त्रिक निर्णयको सम्मान गर्नु सबैको साझा दायित्व भएको बताएका छन्।
उनले लेखेका छन्, “प्रिय माननीय ज्ञानेन्द्र शाहीज्यू, बोल्नुभन्दा अगाडि आफ्नो पद र मर्यादाको ख्याल गर्नु होला है। नेपाल जनताको संघर्ष र बलिदानबाट बनेको लोकतान्त्रिक गणतन्त्र हो। विचार राख्ने अधिकार सबैलाई छ, तर देशको शान्ति, स्थिरता र जनताको निर्णयको सम्मान गर्नु सबैको जिम्मेवारी हो।”
यो प्रतिक्रिया राप्रपाका नेता शाहीले मंगलबार राति फेसबुक लाइभमार्फत रास्वपा तथा सरकारको आलोचना गरेपछि आएको हो। शाहीले आफ्नो सम्बोधनमा सरकार र रास्वपाको भूमिकाप्रति विभिन्न टिप्पणी गरेका थिए।
लोकप्रिय खबर
लोड हुँदैछ...



