Global TV Logo
लोड हुँदैछ...

राप्रपाप्रति असन्तुष्टि जनाउँदै राणाको नयाँ राजनीतिक यात्रा

S
Sristi Thakuri
२०२६-०५-३१, ११:०६ AM
होमपेज/राजनीति
राप्रपाप्रति असन्तुष्टि जनाउँदै राणाको नयाँ राजनीतिक यात्रा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता धवलशमशेर राणाले नयाँ राष्ट्रवादी अभियान सुरु गर्ने घोषणा गरेका छन्। राप्रपाभित्र देखिएको असन्तुष्टि र वैचारिक मतभेदका बीच उनले देशमा विश्वसनीय राष्ट्रवादी शक्ति निर्माण गर्ने उद्देश्यसहित नयाँ राजनीतिक यात्राको संकेत गरेका हुन्।

आइतबार काठमाडौंमा राप्रपाका असन्तुष्ट नेताहरूबीच भएको छलफलपछि राणाले विज्ञप्ति जारी गर्दै नयाँ अभियानमा सहभागी हुन राष्ट्रवादी शक्ति र युवा पुस्तालाई आह्वान गरेका छन्।विज्ञप्तिमा उनले राप्रपामा आफ्नो पद वा भूमिकाबारे कुनै उल्लेख नगरी आगामी दिनमा नयाँ ढंगले अघि बढ्ने संकेत दिएका छन्। “देशलाई माया गर्ने, समृद्ध नेपाल चाहने राष्ट्रवादी मित्रहरू तथा नवयुवा पुस्तालाई नयाँ अभियानमा सहभागी हुन हार्दिक आह्वान गर्दछु,” विज्ञप्तिमा उल्लेख छ।राणाले विगत चार वर्षमा राप्रपालाई जनभावनाअनुकूल ढंगले अघि बढाउने प्रयास गरिए पनि त्यसले अपेक्षित सफलता हासिल गर्न नसकेको स्वीकार गरेका छन्। पार्टीभित्रको वैचारिक अन्योल, विरोधाभास र गलत राजनीतिक दिशाका कारण राप्रपा जनताबाट दण्डित भएको उनको टिप्पणी छ।यद्यपि उनले राप्रपामा रहेका नेताकार्यकर्ताप्रति कुनै वैरभाव नरहेको स्पष्ट पार्दै आफूहरूको विचार र लक्ष्यलाई सही दिशामा लैजान चाहने सबै राष्ट्रवादी शक्तिलाई एकजुट हुन आग्रह गरेका छन्।राणाको यो घोषणालाई राप्रपाभित्रको पछिल्लो राजनीतिक समीकरण र सम्भावित नयाँ ध्रुवीकरणको संकेतका रूपमा हेरिएको छ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com