रवि–बालेनले संयुक्त रूपमा उद्घाटन गर्ने रास्वपा महाधिवेशन, चितवनमा राजनीतिक जमघट
S
Sristi Thakuri२०२६-०६-२१, ०६:४२ AM

काठमाडौँ, असार ७- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनलाई केन्द्रित गर्दै चितवनमा राजनीतिक माहोल तातेको छ। महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुन प्रधानमन्त्री तथा रास्वपाका वरिष्ठ नेता बालेन शाह आइतबार चितवन पुगेका छन्।
परिवारसहित भरतपुर विमानस्थलमा अवतरण गरेका शाह विमानस्थलबाट बाहिरिने क्रममा छोरीलाई काखमा बोकेर निस्किएका थिए। उक्त दृश्यले उपस्थित सर्वसाधारण तथा सञ्चारकर्मीहरूको ध्यान खिचेको छ ।
रास्वपाको महाधिवेशन उद्घाटन समारोह आज अपराह्न हुने कार्यक्रम छ। पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री शाहले संयुक्त रूपमा महाधिवेशन उद्घाटन गर्ने कार्यतालिका तय गरिएको छ। उद्घाटन सत्रमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको सहभागिता रहने बताइएको छ।
लोकप्रिय खबर
लोड हुँदैछ...



