सदन खुलाउने प्रयासमा रवि, विपक्षी दलसँग संवाद

प्रतिनिधिसभामा जारी अवरोध अन्त्य गर्ने प्रयासस्वरूप राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले विपक्षी दलका नेताहरूसँग छलफल गरेका छन्।
बुधबार दिउँसो भएको छलफलमा भीष्म आङदेम्बे सहित विभिन्न दलका सांसदहरूको सहभागिता रहेको थियो। छलफलमा नेकपा (एमाले) का केही सांसद, वर्षमान पुन तथा राप्रपाकी खुश्बु ओली समेत सहभागी भएका थिए।स्रोतका अनुसार छलफलपछि विपक्षी दलहरू केही लचिलो बनेका छन् र संसद्को अवरोध अन्त्यका लागि सहमति खोज्ने प्रयास जारी छ।
प्रधानमन्त्रीले जेठ १७ गते दिएको नेपाल–भारत सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले संसद् अवरुद्ध गर्दै आएका छन्। सो अभिव्यक्ति सच्याउनुपर्ने माग उनीहरूको छ।
यसअघि पनि लामिछानेले विपक्षी दलका नेताहरूसँग भेटवार्ता गर्दै संसद्को गतिरोध अन्त्यका लागि पहल गरेका थिए। उनले प्रधानमन्त्रीको तर्फबाट आफूले संसद्मा जवाफ दिन सक्ने प्रस्तावसमेत राख्दै सदन सञ्चालनका लागि वातावरण बनाउन आग्रह गरेका थिए।
बुधबारको छलफलकै कारण बिहान ११ बजे बस्ने तय भएको प्रतिनिधिसभा बैठक निर्धारित समयमा सुरु हुन नसकी दिउँसोसम्म स्थगित भएको छ।
लोकप्रिय खबर
लोड हुँदैछ...



