Global TV Logo
लोड हुँदैछ...

रवि लामिछाने: सरकार लक्ष्यबाट विचलित भए रास्वपाले हस्तक्षेप गर्छ

S
Sristi Thakuri
२०२६-०८-०९, ०८:४३ AM
होमपेज/विशेष समाचार
रवि लामिछाने: सरकार लक्ष्यबाट विचलित भए रास्वपाले हस्तक्षेप गर्छ

काठमाडौं , साउन २४ -  सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले सरकारले आफ्नो लक्ष्य र वाचाअनुसार काम नगरे हस्तक्षेप गर्ने बताएका छन् । 

सभापति लामिछानेले सरकारको कार्यशैली र स्थायित्वका विषयमा टिप्पणी गर्दै सरकार बाटोबाट विचलित भए राजनीतिक दलका तर्फबाट नियन्त्रण गर्ने र पुनः सही मार्गमा ल्याउने क्षमता आफूहरूसँग सुरक्षित रहेको बताएका हुन् । सभापति लामिछानेले सरकार अहिले नै असफल भइनसकेको र त्यस्तो अवस्था आउन नदिनेमा आफूहरू सचेत जिकिर गरे । सरकार सञ्चालनको प्रक्रियालाई हवाई उडानसँग तुलना गर्दै लामिछानेले कहिलेकाहीँ प्राविधिक समस्या वा वाह्य कारणले उत्पन्न हुने अवरोधबाट नआत्तिन आग्रह पनि गरेका छन् ।

सभापति लामिछानेले सरकारको चार महिनाको कार्यसम्पादनमा जनअपेक्षाअनुसार परिवर्तनको स्पष्ट आभास हुन नसकेको स्वीकार गरेका छन् । 

सभापति लामिछानेले वर्तमान सरकार नागरिककै भएको र इतिहासले सुम्पिएको जिम्मेवारीलाई जनतासँगको सहकार्यमा नै सफल बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com