Global TV Logo
लोड हुँदैछ...

आलोचनापछि बिजुली भ्याट नीतिमा पुनर्विचार, उच्च खपतकर्तामाथि मात्र कर

S
Sristi Thakuri
२०२६-०६-२१, ०५:३१ AM
होमपेज/विशेष समाचार
आलोचनापछि बिजुली भ्याट नीतिमा पुनर्विचार, उच्च खपतकर्तामाथि मात्र कर

काठमाडौँ, असार ७- सरकारले बिजुलीमा १ सय वा १ सय ५० युनिटभन्दा माथि मात्र मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने तयारी गरेको छ । 

आगामी आर्थिक वर्षको बजेटमार्फत ५० युनिटभन्दा बढी बिजुली खपत गर्ने उपभोक्तालाई ५ प्रतिशत मूल्य अभिवृद्धि कर भ्याट लगाएको सरकारले त्यसलाई परिमार्जन गर्ने भएको हो । सरकारले भ्याटमा परिमार्जन गरी साउनदेखि नै नयाँ दर लागू गर्ने तयारी गरेको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले एक सय वा १ सय ५० युनिटभन्दा माथि मात्र कर लगाउने गरी अध्ययन भइरहेको बताएका छन् ।

 ५० प्रतिशतसम्म छुट दिएको हुँदा कार्यान्वयन गर्दा ३÷४ प्रतिशत मात्र लागू हुने उनको भनाइ छ । गत १५ जेठमा आगामी आर्थिक वर्षको बजेट ल्याउँदै अर्थमन्त्री वाग्लेले बिजुलीमा ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाउँदै बहुदर लागू गरेका थिए । सरकारको उक्त व्यवस्थापछि बिजुली खपत घट्न सक्ने भन्दै पूर्वऊर्जामन्त्री एवं सरकारी अधिकारीले नै आलोचना गरेका थिए ।

 बजेटलगत्तै अर्थ मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री वाग्लेले १४ लाख ग्राहकलाई मात्र नयाँ व्यवस्थाअनुसार भ्याट लाग्ने टिप्पणी गरेका थिए । अर्थमन्त्रीले १४ लाख ग्राहक भ्याटको दायरामा आउने दाबी गरेपनि नेपाल विद्युत् प्राधिकरणका २६ लाख हाराहारी घरायसी ग्राहकले मासिक ५० युनिटभन्दा बढी बिजुली खपत गर्छन् ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com