भोटेकोशी बाढीपीडित उत्तरगयाका १६५ परिवारलाई पोखरा महानगरको राहत

काठमाडौं , भदौ ३० - भोटेकोशी बाढीबाट प्रभावित रसुवाको उत्तरगया गाउँपालिका–५ का १ सय ६५ परिवारलाई पोखरा महानगरपालिकाले राहत सामग्री उपलब्ध गराएको छ ।
महानगरपालिकाले ६ वटा ट्रकमार्फत पठाएको राहत सामग्री प्रभावित परिवारलाई वितरण गरिएको हो । उत्तरगया गाउँपालिका अध्यक्ष माधव अर्यालको रोहबरमा वितरण गरिएको राहत सामग्रीमा प्रतिपरिवार करिव ४० हजार रुपैयाँ बराबरका दैनिक उपभोग्य सामग्री छन् । पोखरा महानगरपालिकाका नगर प्रहरी नायव निरीक्षक हरि थापाको नेतृत्वमा गएको टोलीले प्रभावित क्षेत्रमा पुगेर राहत सामग्री हस्तान्तरण तथा वितरण गरेको हो । विपद्को कठिन समयमा ठूलो परिमाणमा व्यवस्थित राहत उपलब्ध गराएको भन्दै उत्तरगया गाउँपालिका अध्यक्ष माधव अर्यालले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र पोखरेली जनताप्रति आभार व्यक्त गरे ।
भोटेकोशी बाढीले उत्तरगया गाउँपालिकामा ठूलो जनधनको क्षति पु¥याएको छ । अध्यक्ष अर्यालकाअनुसार बाढीमा ७७४ जना अझै हराइरहेका छन् भने ११ जनाको पहिचान भएको छ । ६१४ घर पूर्ण रूपमा ध्वस्त भएका छन् भने २२ वटा गोठमा क्षति पुगेको छ । करिव २ हजार परिवार प्रभावित भएका छन् । बाढीले दुईवटा सामुदायिक विद्यालय र एउटा संस्थागत विद्यालय, वडा कार्यालय, सामुदायिक स्वास्थ्य चौकी र गाउँपालिकाको कार्यालयमा समेत ठूलो क्षति पु¥याएको छ ।
लोकप्रिय खबर
लोड हुँदैछ...



