Global TV Logo
लोड हुँदैछ...

जातीय तथा सामाजिक विभेदका अवशेष कायमै छन् : खतिवडा

S
Sristi Thakuri
२०२६-१०-१५, १०:२२ AM
होमपेज/विशेष समाचार
जातीय तथा सामाजिक विभेदका अवशेष कायमै छन् : खतिवडा

काठमाडौँ , असोज २९ - पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले नेपाली समाजमा वर्ग संरचनामा परिवर्तन भइरहे पनि जातीय तथा सामाजिक विभेदका अवशेष कायमै रहेको बताएका छन् । 

एमाले पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा बोल्दै खतिवडाले नेपाली समाजको वर्ग संरचना हेर्दा जातीय तथा लैंगिक विभेदलाई समेत हेरिनुपर्ने बताउँदै अझै पनि त्यस्ता अवशेष रहेको उल्लेख गरे । राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासक्रमसँगै परम्परागत वर्गहरू रूपान्तरित भइरहेको र नयाँ वर्गको उदय भइरहेको समेत उनको भनाई छ । साथै उनले जात र वर्ग सामाजिक संरचनाका भिन्न पक्ष भए पनि नेपाली समाजमा यी बीच प्रत्यक्ष सम्बन्ध रहेकाले समाजको अध्ययनमा दुवैलाई आधार बनाउनुपर्ने बताएका छन् । 

आर्थिक तथा सामाजिक रूपमा वर्गीय विभेद केही कम हुँदै गएपनि जात, समुदाय र सामाजिक सम्बन्धमा आधारित सामन्तवादका अवशेष कायम रहनु दुखद रहेको खतिवडाको भनाई छ । 

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com