Global TV Logo
लोड हुँदैछ...

भोटेकोशी र त्रिशूली बाढीका प्रभावितको उद्धार र पुनर्निर्माण सरकारको उच्च प्राथमिकतामा: मन्त्री श्रेष्ठ

S
Sristi Thakuri
२०२६-०९-२३, ०६:४१ AM
होमपेज/समाचार
भोटेकोशी र त्रिशूली बाढीका प्रभावितको उद्धार र पुनर्निर्माण सरकारको उच्च प्राथमिकतामा: मन्त्री श्रेष्ठ

काठमाडौं  , असोज  ७ - ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूको उद्धार, राहत र पुनर्निर्माणलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन ।

बुधवार बसेको प्रतिनिधि सभा बैठकमा मन्त्री श्रेष्ठले बेपत्ताहरूको खोजी कार्य जारी राख्दै प्रभावितहरूको जीवन सामान्य लयमा फर्काउन राज्य पूर्ण रूपमा प्रतिवद्ध रहेको स्पष्ट पारे । गत भदौ १० गतेको बाढीले पु¥याएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै मन्त्री श्रेष्ठले आफन्त गुमाएका परिवारजनप्रति समवेदना प्रकट गरे । उनले विपत्तिको यस घडीमा शोकलाई शक्तिमा बदल्दै नागरिकको भविष्य सुरक्षित बनाउनु आजको मुख्य चुनौती रहेको बताए । उनले प्रतिकुल मौसम र भौगोलिक जटिलताका बाबजुद अहोरात्र खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कर्मचारी र स्वयंसेवकहरूको योगदानको उच्च प्रशंसा गरे । साथै, बाढीपीडितलाई सहयोग गर्न स्वदेश तथा विदेशबाट प्राप्त सहयोगप्रति उनले आभार व्यक्त गरे ।

संसदमा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री श्रेष्ठले प्रधानमन्त्री बालेन्द्र साह र रास्वपा सभापति रवि लामिछानेबीच भएको संवाद र विपत्तिमा देखिएको राजनीतिक दलहरूको ऐक्यवद्धताले थप हौसला मिलेको उल्लेख गरे । जनताको जीवनभन्दा ठूलो अरू कुनै दायित्व नहुने भन्दै उनले क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माणलाई सरकारले विशेष योजनाका साथ अघि बढाउने प्रतिवद्धता जनाए । 

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com
भोटेकोशी र त्रिशूली बाढीका प्रभावितको उद्धार र पुनर्निर्माण सरकारको उच्च प्राथमिकतामा: मन्त्री श्रेष्ठ | Global TV Khabar