Global TV Logo
लोड हुँदैछ...

आज र भोलि देशभर भारी वर्षाको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह

S
Sristi Thakuri
२०२६-०९-२५, ०५:४३ AM
होमपेज/समाचार
आज र भोलि देशभर भारी वर्षाको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं , असोज ९  - जल तथा मौसम पूर्वानुमान महाशाखाले कर्णाली र सुदूरपश्चिमका पहाडी भेगबाहेक देशका अन्य ठाउँमा निरन्तर झरी परिरहेको जनाएको छ । 

बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण बुधबार बेलुकीदेखि नै झरी जारी छ । आज र भोलि हावाहुरी र चट्याङसहित ठूलो पानी पर्ने र पर्सि आइतबारदेखि मात्रै वर्षा कम हुने महाशाखाले जनाएको छ । निरन्तर झरी परिरहे पनि अहिले बिहानसम्म कुनै पनि नदी, खोलामा ठूलो बाढी आएको छैन । तर, पानीको बहाव बढ्न थालेको छ । आज र भोलि जोखिम बढी रहेकाले विशेष सावधानी अपनाउन महाशाखाको आग्रह छ । महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको थोरै ठाउँमा मुसलधारे वर्षाको सम्भावना छ । यस्तै,लुम्बिनी र गण्डकी प्रदेशको एक÷दुई ठाउँमा निकै ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । मधेश प्रदेशको एक÷दुई ठाउँमा पनि मुसलधारे वर्षाको सम्भावना छ । मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराईका केही ठाउँमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । आज र भोलि ठूलो पानी पर्ने भएकाले सरकारले त्यसैअनुसार पूर्वतयारी र उच्च सतर्कता अपनाएको जनाएको छ । धेरै विद्यालयले आज बिदा दिएका छन् । मुख्य राजमार्गमा रातको समयमा गाडी चलाउन रोक लगाइएको छ । नदी खोला किनारका बस्तीमा निरन्तर निगरानी भैरहेको सरकारी निकायले जनाएका छन् ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com