राप्रपाको माग: प्रधानमन्त्रीको अभिव्यक्तिबारे सर्वदलीय बैठक बोलाउन सभामुखलाई आग्रह
S
Sristi Thakuri२०२६-०६-०२, १०:४१ AM

राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रिय प्रजातन्त्र पार्टी) ले प्रधानमन्त्रीको अभिव्यक्तिबारे छलफल गर्न सर्वदलीय बैठक बोलाउन माग गरेको छ।
मंगलवार प्रतिनिधि सभामा बोल्दै पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सभामुख डोलप्रसाद अर्याललाई लक्षित गर्दै राष्ट्रिय सरोकारसँग जोडिएको विषयमा सबै दलका शीर्ष नेताहरूको सहभागितामा छलफल आवश्यक रहेको बताएकि हुन् ।
उनले प्रधानमन्त्री बालेन शाहले संसदमा दिएको भनाइप्रति आपत्ति जनाउँदै उक्त अभिव्यक्ति सच्याउनुपर्ने स्पष्ट अडान राख्निुका साथै यस्तो संवेदनशील विषयमा सबै दल एक ठाउँमा बसेर साझा धारणा बनाउनुपर्ने उनको भनाइ छ ।
सांसद ओलीले संसदलाई दबाबमा राखेर अघि बढाउने प्रयास नगर्न पनि सभामुखलाई सचेत गराईन । उनका अनुसार राष्ट्रिय गरिमासँग जोडिएको विषय भएकाले छलफलमार्फत समाधान खोजिनु उपयुक्त हुनेछ।
लोकप्रिय खबर
लोड हुँदैछ...



