निजी विद्यालयको भर्ना शुल्कसम्बन्धी निर्णय कार्यान्वयन नभएको राप्रपाको आरोप
S
Sristi Thakuri२०२६-०६-०८, ०७:४३ AM

सरकारले निजी विद्यालयले भर्ना शुल्क लिन नपाउने गरी गरेको निर्णय प्रभावकारी रूपमा कार्यान्वयन नभएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले प्रतिनिधिसभामा आपत्ति जनाएको छ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै राप्रपा सांसद ज्ञानेन्द्र शाहीले सरकारले निर्णय गरे पनि निजी विद्यालयहरूले अझै भर्ना शुल्क लिइरहेको भन्दै कडा आपत्ति जनाएका हुन्।
शाहीले सरकारका निर्णयहरू कागजमै सीमित हुने तर व्यवहारमा कार्यान्वयन नहुने प्रवृत्तिले शिक्षा क्षेत्रमा अनियमितता बढिरहेको आरोप लगाए।
उनका अनुसार भर्ना शुल्क नलिनुपर्ने स्पष्ट निर्णय भए पनि धेरै निजी विद्यालयहरूले विभिन्न शीर्षकमा अभिभावकबाट अतिरिक्त शुल्क असुलिरहेको गुनासो बढ्दो छ।
लोकप्रिय खबर
लोड हुँदैछ...



