चीन भ्रमणमा सीमा मुद्दा स्पष्ट राख्न राप्रपाको सुझाव
S
Sristi Thakuri२०२६-०६-१२, ०९:०४ AM

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्वु ओलीले परराष्ट्रमन्त्री शिशिर खनाललाई चीन भ्रमणका क्रममा सीमा समस्याबारे स्पष्ट धारणा राख्न आग्रह गरेकी छन्।
प्रतिनिधिसभामा बोल्दै उनले भारत भ्रमणमा सीमा विवाद स्पष्ट रूपमा नउठाइएको भन्दै असन्तुष्टि जनाइन्। आगामी चीन भ्रमणमा लिपुलेक, लिम्पियाधुरा र कालापानीबारे स्पष्ट रूपमा कुरा राख्नुपर्ने उनको सुझाव थियो।
ओलीले संसदमा पनि ‘सीमा विवाद’ भन्दा ‘सीमा व्यवस्थापन’ भन्ने शब्द प्रयोग गरिएको भन्दै त्यसले विषयको गम्भीरता कमजोर बनाएको टिप्पणी गरिन्।
उनले मित्रराष्ट्र चीनसँगको कूटनीतिक वार्तामा नेपालको सीमा दाबी स्पष्ट रूपमा राखिनुपर्नेमा जोड दिइन्।
लोकप्रिय खबर
लोड हुँदैछ...



