Global TV Logo
लोड हुँदैछ...

राष्ट्र बैंकको नयाँ व्यवस्था: ५ हजार डलरसम्म घोषणा आवश्यक नपर्ने

S
Sristi Thakuri
२०२६-०७-२४, ०४:५८ AM
होमपेज/विशेष समाचार
राष्ट्र बैंकको नयाँ व्यवस्था: ५ हजार डलरसम्म घोषणा आवश्यक नपर्ने

काठमाडौं , साउन  ८ - नेपाल राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले नेपाली वा विदेशी नागरिकले पाँच हजार अमेरिकी डलर बराबरको भन्सार घोषणाबिनै नेपालमा ल्याउन पाइने जनाएको छ ।

राष्ट्र बैंकले बिहीबार सार्वजनिक सूचना जारी गरेर पाँच हजार डलर बराबरको अमेरिकी मुद्रा र पाँच हजार अमेरिकी डलर बराबर हुन आउने भारतीय रुपैयाँ पनि भन्सार घोषणाबिनै नेपालमा भित्र्याउन सकिने जनाएको हो । पाँच हजार अमेरिकी डलरभन्दा बढी मुद्रा ल्याउँदा अनिवार्य रूपमा भन्सार घोषणा गरेर मात्रै ल्याउनुपर्ने राष्ट्र बैंकद्वारा जारी सूचनामा उल्लेख गरिएको छ । 

यसैबीच, नेपाल राष्ट्र बैंकले सन् २०१६ नोभेम्बर ९ तारिखदेखि निष्कासन भई चलनचल्तीमा रहेका भारु २०० र भारु ५०० का नोट नेपाली वा भारतीय नागरिकले प्रतिव्यक्ति भारतीय रुपैयाँ २५ हजारको सीमासम्म प्रचलित व्यवस्थाबमोजिम ल्याउन÷लैजान तथा सटही गर्न सकिने व्यवस्था गरेको छ ।नेपाली नागरिकले भारतबाहेक अन्य मुलुकमा भारतीय रुपैयाँ लैजान वा अन्य मुलुकबाट भारतीय रुपैयाँ नेपाल ल्याउन नपाउने व्यवस्था रहेको जनाएको छ । 

राष्ट्र बैंकले सन् सन् २०१६ नोभेम्बर ९ तारिखभन्दा अगाडि चलनचल्तीमा रहेका भारतीय रुपैयाँ ५०० र एक हजार दरका नोटको कारोबार गर्न नपाइने व्यवस्था कायमै रहेको जनाएको छ । 

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com