रास्वपाले डाक्यो सचिवालय बैठक : यस्ता छन् ६ एजेन्डा
B
Binita Thapa२०२६-०५-१०, ०३:३४ AM

बैशाख २७ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज साँझ ६ बजे सचिवालय बैठक आव्हान गरेको छ ।
बैठक पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने बताइएको छ । बैठकमा विभिन्न ६ एजेन्डामा छलफल हुने बताइएको छ । पार्टीको भेला, अधिवेशन विशेष तालिकाबारे बैठकमा छलफल हुने बताइएको छ ।
यस्तै, पार्टीका आयोग, विभागमा पदाधिकारी मनोनयनबारे छलफल हुने बताइएको छ । रास्वपाले जिल्ला समिति विघटनबारे पनि सचिवालयबाट निर्णय गर्ने तयारी गरेको छ । यस्तै, अनुशासनात्मक कारबाही, केन्द्रीय समिति बैठक आह्वान र अन्य विषय पनि बैठकका एजेन्डा छन् ।
लोकप्रिय खबर
लोड हुँदैछ...



