Global TV Logo
लोड हुँदैछ...

प्रस्तावित प्रधान न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया यथाशीघ्र टुंग्याउन रास्वपा सांसदहरूले माग

S
Sristi Thakuri
२०२६-०५-१९, ०४:५७ AM
होमपेज/राजनीति
प्रस्तावित प्रधान न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया यथाशीघ्र टुंग्याउन रास्वपा सांसदहरूले माग

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले प्रस्तावित प्रधान न्यायाधीश डा. मनोजकुमार शर्माको संसदीय सुनुवाइ प्रक्रिया थप विलम्ब नगरी छिटो, पारदर्शी र वस्तुनिष्ठ रूपमा अघि बढाउन माग गरेका छन्।मंगलवार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा रास्वपाका प्रमुख सचेतक कवीन्द्र बुर्लाकोटी, सांसद डा. लेखजंग थापा र राजीव खत्रीले सुनुवाइ प्रक्रियालाई प्रभावकारी बनाउन विभिन्न सुझाव दिएका हुन्।

प्रमुख सचेतक बुर्लाकोटीले कार्यतालिकाअनुसार उजुरीकर्तासँग छलफल र प्रस्तावित प्रधान न्यायाधीशको कार्ययोजना सुन्ने कामलाई तीव्रता दिनुपर्ने बताए। उनले सुनुवाइको नतिजा पूर्वनिर्धारित नभई वस्तुनिष्ठ छलफलका आधारमा निष्कर्ष निकालिनुपर्ने धारणा राखे।सांसद डा. थापाले कार्ययोजना व्यवहारमा कार्यान्वयन हुनुपर्नेमा जोड दिँदै न्याय क्षेत्रमा डिजिटलाइजेशन, मुद्दा फर्स्यौट र गुणस्तर सुधार सकारात्मक पक्ष भएको बताए। उनले संसदीय सुनुवाइ समितिले दलीय स्वार्थभन्दा माथि उठेर निर्णय लिनुपर्ने धारणा राखे।सांसद राजीव खत्रीले उजुरी अध्ययन र छलफललाई ‘फास्ट ट्र्याक’ मा लैजानुपर्ने बताउँदै उजुरीकर्तासँग प्रत्यक्ष संवादले प्रक्रिया छिटो र प्रभावकारी हुने उल्लेख गरे। उनले समितिको काम समयमै निष्कर्षमा पुर्‍याउन सबै सदस्य एकजुट हुनुपर्नेमा जोड दिए।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com