Global TV Logo
लोड हुँदैछ...

सडक दुर्घटना रोक्न नियम कडा बनाउनैपर्छ : मन्त्री लम्साल

S
Sristi Thakuri
२०२६-०७-१४, ११:३६ AM
होमपेज/विशेष समाचार
सडक दुर्घटना रोक्न नियम कडा बनाउनैपर्छ : मन्त्री लम्साल

काठमाडौं,  असार ३० – पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सडक दुर्घटना न्युनिकरणका लागि नियम कडा बनाउनुको विकल्प नभएको बताएका छन । 

प्रतिनिधि सभाको मंगलबारको बैठकमा ट्राफिक नियम र जरिवानाका सम्बन्धमा सदनमा उठेका जिज्ञासाको जवाफ दिँदै मन्त्री लम्सालले सडक दुर्घटना न्युनिकरणका लागि नियमन कडा बनाउनुको विकल्प नभएको स्पष्ट पारे । पछिल्लो पाँच वर्षमा सडक दुर्घटनाबाट १२ हजारभन्दा बढी नागरिकले ज्यान गुमाएको तथ्यांक प्रस्तुत गर्दै उनले दुर्घटनाको मुख्य कारण तीव्र गति र लापरबाही रहेको बताए ।

नगद जरिवाना तिर्न नसक्नेहरूका लागि ’श्रम भुक्तानी’ अर्थात श्रमदान मार्फत जरिवाना तिर्न सक्ने नयाँ कानूनी व्यवस्था प्रस्ताव गरिएको उनले जानकारी दिए । मन्त्री लम्सालले १० हजार रुपैयाँ जरिवाना तिर्न नसकेर कसैले आत्मदाह गरेको भन्ने कुरा निराधार रहेको भन्दै संवेदनशील विषयमा भ्रम नफैलाउन आग्रह गरे । 

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com