Global TV Logo
लोड हुँदैछ...

भोटेकोशी प्रभावितलाई प्रधानमन्त्री–मन्त्रीको तलब सहयोग

S
Sristi Thakuri
२०२६-०८-२८, ०९:३३ AM
होमपेज/विशेष समाचार
भोटेकोशी प्रभावितलाई प्रधानमन्त्री–मन्त्रीको तलब सहयोग

काठमाडौं , भदौ १२ - भोटेकोशी नदी तथा नेपाल–चीन सीमा क्षेत्रमा भएको विपद्बाट प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सबै सदस्यले एक महिनाको तलब तथा पारिश्रमिक सहयोग गर्ने भएका छन्।

आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप कोषमा जम्मा गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सो जानकारी दिएका हुन्।

कोषमा जम्मा हुने रकम विपद् प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि प्रयोग गरिनेछ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com