Global TV Logo
लोड हुँदैछ...

संघीय कर्मचारीलाई अब १५ दिनमै तलब

S
Sristi Thakuri
२०२६-०८-१८, ०७:१९ AM
होमपेज/विशेष समाचार
संघीय कर्मचारीलाई अब १५ दिनमै तलब

काठमाडौं , भदौ २ - सरकारले अब संघीय सरकार मातहतका सबै कार्यालयमा १५/१५ दिनमा तलब भुक्तानी गर्ने भएको छ । 

महालेखा नियन्त्रक कार्यालयले सबै कोष तथा लेखा नियन्त्रक कार्यालय, निवृत्तिभरण व्यवस्थापन कार्यालय र कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालयलाई पत्र लेख्दै सो प्रावधानबारे जानकारी गराएको हो । अर्थ मन्त्रालयले गत वैशाखमा संघीय सरकार अन्तर्गतका निकायमा कार्यरत कर्मचारीलाई अर्धमासिक रुपमा तलब भुक्तानी दिने निर्णय गरेको थियो । तर, प्रणाली विकास नभएका कारण सो घोषणा कार्यान्वयनमा आइसकेको थिएन । कार्यालयले एक निर्णय गर्दै हरेक महिनाको १५ दिन व्यतित भएपछि अर्धवार्षिक रुपमा तलब भुक्तानी गराउने बताएको हो । अब अर्धमासिक रुपमा तलब, भत्ता समेत भुक्तानी हुनेछ । कार्यालयले कोष तथा लेखा नियन्त्रक कार्यालयहरूको कार्य क्षेत्रभित्रका संघीय निकायबाट उल्लेख अनुसारको भुक्तानीका लागि निकासा माग भए त्यसको व्यवस्था मिलाउन समेत भनेको छ । सरकारले निर्णयको सुरुवातमा अर्थ मन्त्रालयबाट थालेको थियो ।

 चालु आर्थिक वर्षबाट नै सबै संघीय निकायमा अर्धमासिक तलब भुक्तानी विस्तार गर्ने भनिएकोमा कार्यान्वयन १ महिना ढिला हुने भएको छ ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com