Global TV Logo
लोड हुँदैछ...

हाकु–२१६ का फसेकालाई आजै उद्धार गर्न शाहीको प्रार्थना

S
Sristi Thakuri
२०२६-०९-०५, ०९:२४ AM
होमपेज/समाचार
हाकु–२१६ का फसेकालाई आजै उद्धार गर्न शाहीको प्रार्थना

काठमाडौं  ,भदौ २० - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले हाकु–२१६ जलविद्युत् आयोजनाको सुरुङमा फसेका नागरिकको आजै सकुशल उद्धार होस् भन्दै प्रार्थना गर्न आग्रह गरेका छन्।

शनिबार बिहान सामाजिक सञ्जालमार्फत शाहीले सुरुङभित्र जमेको हिलो र पानी हटाएर उद्धारको बाटो सहज बन्ने तथा ड्याम क्षेत्रमा रहेका अवरोध हटाई सबैलाई जीवितै उद्धार गर्न सकियोस् भन्ने कामना गरेका हुन्।

नेपाली सेनासँग कुराकानी गर्दा उद्धारका लागि भइरहेको प्रयासबारे जानकारी पाएको उल्लेख गर्दै उनले लामो समयदेखि आफन्तको प्रतीक्षामा रहेका परिवारका लागि आज खुसीको दिन बन्ने आशा व्यक्त गरेका छन्।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com