शेरबहादुर देउवाको अपील : कांग्रेस एकताबद्ध बनाऔँ, राष्ट्रिय एकता सुदृढ गरौँ

काठमाडौं , साउन २८ - नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी एकताको आह्वान गरेका छन् ।
करिब साढे ५ महिनापछि काठमाडौं फर्किएका देउवाले आपूm शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश फर्किएको बताएका हुन् । कांग्रेसले आफू एकताबद्ध भएर देशका क्रियाशील अन्य सबै राजनीतिक दलहरूसँग समेत सहमति र सहकार्य गरेर जानुपर्ने आवश्यकता भएको बताउँदै उनले पार्टीभित्र देखिएका असहमति र निराशा तुरुन्तै समाधान गर्नुपर्ने उल्लेख गरेका छन् ।
पूर्वसभापति देउवाले मुलुककै मियो दलमा विवाद हुँदा मुलुकको राष्ट्रियता नै कमजोर हुनसक्ने भएकाले नेता कार्यकर्ता, सुभेच्छुक, समर्थक मतदातालगायतले सामूहिकतामा विश्वास गर्ने पार्टीका रुपमा कांग्रेसलाई लिएको उल्लेख गर्दै सोही नीति अनुसार सबैले त्याग, बलिदान र संघर्ष स्वीकार गरेर अघि बढ्न अपील गरेका छन् । कांग्रेस कसैको इगोमा नभई जनताको सर्वोपरि हितलाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने देउवाको भनाई छ ।
वि.सं. २०३३ सालमा बिपी कोइराला राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्किएको प्रसङ्ग उल्लेख गर्दै उनले वर्तमान समयमा पनि सर्वपक्षीय राष्ट्रिय एकताको आवश्यकता औँल्याएका छन् । साथै उनले आफू सत्ता प्राप्त गर्न नभई राष्ट्रिय एकता सुदृढ गर्न सक्रिय भएको स्पष्ट पार्दै नेता बनेर नभई नेपाल राष्ट्रको आजीवन नागरिक बनेर फर्किएको भन्दै राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र विधिको शासनप्रति आफ्नो अटुट प्रतिबद्धता व्यक्त गरेका छन् ।
लोकप्रिय खबर
लोड हुँदैछ...



