जेन–जी आन्दोलनको भावना नबिर्सन रास्वपालाई सिके राउतको आग्रह
S
Sristi Thakuri२०२६-०६-२१, १०:५८ AM

काठमाडौँ, असार ७- जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त (सिके) राउतले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई जेन–जी आन्दोलनबाट प्राप्त जनविश्वास र भावनालाई नबिर्सन सुझाव दिएका छन्।
चितवनको भरतपुरमा आयोजित रास्वपाको प्रथम महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले आफू रास्वपालाई शुभकामना दिनुका साथै आन्दोलनबाट प्राप्त जनआस्था र शहीदहरूको सपना सम्झाउन पनि आएको बताए।
राउतले रास्वपाले प्राप्त गरेको जनसमर्थन र विश्वासलाई जोगाइराख्नुपर्ने उल्लेख गर्दै आन्दोलनका मूल्य र जनअपेक्षाअनुसार काम गर्न आग्रह गरे। फरक दल भए पनि देश बनाउने सपना साझा रहेको भन्दै उनले रास्वपाको सफलताको कामना समेत गरे।
लोकप्रिय खबर
लोड हुँदैछ...



