समाजवाद–साम्यवाद व्यवहारमा कठिन : प्रधानमन्त्री बालेन शाह
S
Sristi Thakuri२०२६-०५-३१, ०८:१७ AM

प्रधानमन्त्री बालेन शाहले समाजवाद र साम्यवादबारे भाषण गर्न सजिलो भए पनि व्यवहारमा कार्यान्वयन कठिन हुने बताएका छन्। आइतबार संसद्मा बोल्दै उनले निर्यातमुखी उत्पादन र अर्थतन्त्र सुदृढीकरण सरकारको प्राथमिकता भएको बताए। विपन्नका विषयमा सिद्धान्तभन्दा व्यवहारिक काम आवश्यक हुने उनको भनाइ थियो। उनले मेयर हुँदा विपन्न परिवारका लागि १० प्रतिशत निःशुल्क शिक्षाको व्यवस्था गरेको उदाहरण दिँदै त्यसलाई नै वास्तविक समाजवादको अभ्यास भनेका छन्।
लोकप्रिय खबर
लोड हुँदैछ...



