Global TV Logo
लोड हुँदैछ...

ग्यास वितरण प्रविधिमैत्री बनाउन सरकारसँग सभापति रहबर अन्सारीको माग

S
Sristi Thakuri
२०२६-०७-१५, ०६:५६ AM
होमपेज/विशेष समाचार
ग्यास वितरण प्रविधिमैत्री बनाउन सरकारसँग सभापति रहबर अन्सारीको माग

काठमाडौं,  असार ३१ – उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित समितिका सभापति रहबर अन्सारीले खाना पकाउने ग्यासको वितरण, अनुगमन र व्यवस्थापनलाई प्रविधिमैत्री र व्यवस्थित बनाउन सरकारसँग माग गरेका छन् । 

बुधवार बसेको समितिको बैठकमा सभापति अन्सारीले ग्यास आपूर्ति श्रृङ्खलामा देखिएका समस्या समाधानका लागि ठोस कदम चाल्न सरोकारवाला निकायको ध्यानाकर्षण गराएका हुन् । सभापति अन्सारीले प्रत्येक घरधुरीमा कुन कम्पनीका कतिवटा सिलिण्डर छन् भन्ने एकिन तथ्याङ्क राख्न हाउसहोल्ड म्यापिङ्ग र एकीकृत सूचना प्रणालीको आवश्यकता रहेको बताए ।

 वडा तहबाटै उपभोक्ताको विवरण संकलन गरी नेपाल आयल निगम, ग्यास उत्पादक र वितरकले हेर्न मिल्ने गरी प्रणाली विकास गरेमा अनुगमन प्रभावकारी हुने र दुरुपयोग रोकिने उनको भनाइ छ । पाइपलाइन विस्तार र भण्डारण क्षमता वृद्धिका सम्बन्धमा सभापति अन्सारीले सम्बन्धित मन्त्रीसँग स्पष्ट कार्ययोजना र समयसीमा सहितको प्रतिवद्धता माग गरेका छन् ।

सभापति अन्सारीले सहरी क्षेत्रका हाउजिङ कोलोनी र अपार्टमेन्टहरूमा ग्यास आपूर्तिलाई व्यवस्थित गर्न सामूहिक वितरण प्रणालीको अवधारणा अघि सारेका छन् ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com