विद्यार्थी आन्दोलन चर्कियो, राजधानी दिल्लीमा तनाव

काठमाडौं , साउन ७ - भारतमा कक्रोच जनता पार्टीको निरन्तरको प्रदर्शनका कारण राजधानी नयाँदिल्लीको मेट्रो रेल आज पनि बन्द गरिएको छ ।
परीक्षा प्रणालीमा भएको धाँधली र बेरोजगारीको विरोधमा युवाहरूले सुरु गरेको आन्दोलनले संसद घेराउसम्मको रूप लिएपछि सुरक्षाका लागि दिल्लीका प्रमुख मेट्रो स्टेसन र सडकहरू बन्द गराइएको हो । सडकमा उत्रिएका हजारौँ प्रदर्शनकारीमाथि प्रहरीले अश्रुग्याँस, पानीको फोहोरा प्रहार गर्दै व्यापक दमन र धरपकड जारी राखेको छ ।
शिक्षामन्त्रीको राजीनामा र प्रश्नपत्र बाहिरिने समस्याको स्थायी समाधानको माग गर्दै विद्यार्थीहरू सडकमा उत्रिएका छन् । प्रदर्शन दिन प्रतिदिन उग्र बन्दै गएपछि प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकार गम्भीर दबाबमा परेको छ । स्थिति नियन्त्रण बाहिर जान नदिन सरकारले प्रदर्शनकारीहरूलाई वार्ताका लागि आह्वान गरेको छ । प्रधानन्यायाधीशको एक टिप्पणीविरुद्ध सुरु भएको पछिल्लो सांकेतिक आन्दोलनमा अहिले प्रमुख विपक्षी दलहरूले समेत ऐक्यबद्धता जनाएका छन् ।
अस्पतालमा राखिएका सामाजिक अभियन्ता सोनम वाङचुकको अनशनले आन्दोलनलाई थप बल पु¥याएको छ । नयाँदिल्लीको जन्तरमन्तरबाट सुरु भएको युवा आक्रोश अहिले मुम्बई र बेंगलुरुसहित भारतका प्रमुख सहरहरूमा फैलिएको छ ।
लोकप्रिय खबर
लोड हुँदैछ...



