Global TV Logo
लोड हुँदैछ...

ट्राफिक प्रहरीको सफलता : ५९२ चोरीका मोटरसाइकल र स्कुटर फेला

S
Sristi Thakuri
२०२६-०६-०३, ११:०० AM
होमपेज/समाचार
ट्राफिक प्रहरीको सफलता : ५९२ चोरीका मोटरसाइकल र स्कुटर फेला

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्षभित्र उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका ५९२ वटा दुईपाङ्ग्रे सवारीसाधन खोजी गरी सम्बन्धित सवारीधनीलाई फिर्ता गरेको जनाएको छ। 

बुधवार आयोजित कार्यक्रममा कार्यालयले चालु आर्थिक वर्षको हालसम्म चोरी भएका मोटरसाइकल तथा स्कुटर खोजी गरी सम्बन्धित धनीलाई जिम्मा लगाइएको जानकारी दिएको हो। सोही अवसरमा कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले १५ वटा स्कुटर र २५ वटा मोटरसाइकल गरी ४० वटा दुईपाङ्ग्रे सवारीसाधन सम्बन्धित धनीलाई हस्तान्तरण गरे ।

 कार्यक्रममा बोल्दै वरिष्ठ उपरीक्षक अधिकारीले असुरक्षित स्थानमा पार्किङ गर्दा सवारी चोरी हुने जोखिम बढ्ने भएकाले सुरक्षित स्थानको छनोट गर्न सर्वसाधारणलाई आग्रह गरेका छन् ।  

सवारीसाधनमा जीपीएस जडान गर्न सके चोरी नियन्त्रण तथा खोजी कार्य अझ प्रभावकारी हुने उलनले बताए ।  महँगा मोटरसाइकल तथा स्कुटरमा तुलनात्मक रूपमा कम खर्चमा जीपीएस जडान गर्न सकिने भन्दै उनले  जीपीएस जडान भएका सवारी चोरी भएमा छोटो समयमै पत्ता लगाउन सहज हुने उल्लेख गरे ।

प्रहरीका अनुसार समयमै जानकारी प्राप्त भए चोरी भएका सवारीसाधनको खोजी तथा उद्धार कार्य थप प्रभावकारी बन्नेछ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com