Global TV Logo
लोड हुँदैछ...

सुधन गुरुङ पुनः गृहमन्त्री बन्दै, आजै शपथ हुने

S
Sristi Thakuri
२०२६-०६-०९, ०६:३७ AM
होमपेज/राजनीति
सुधन गुरुङ पुनः गृहमन्त्री बन्दै, आजै शपथ हुने

प्रधानमन्त्री बालेन्द्र शाहले पूर्वगृहमन्त्री सुधन गुरुङलाई पुनः गृहमन्त्री नियुक्त गर्ने भएका छन्। स्रोतका अनुसार उनको शपथ आज अपराह्न ३ बजे हुने तयारी गरिएको छ।

सम्पत्तिसम्बन्धी प्रश्न उठेपछि गुरुङले गत वैशाख ९ गते राजीनामा दिएका थिए। त्यसपछि गठन गरिएको छानबिन समितिले उनको सम्पत्तिमा कुनै कैफियत नदेखिएको निष्कर्षसहित प्रतिवेदन प्रधानमन्त्रीसमक्ष बुझाएको थियो।

समितिले गुरुङको नाममा धनकुटाको १९ रोपनी १५ आना जग्गाबाहेक अन्य सम्पत्ति नदेखिएको जनाएको छ। उनले विवरणमा उल्लेख गरेका अन्य जग्गा भने बुवा र हजुरबुवाको नाममा रहेको पाइएको छ।

छानबिनबाट गम्भीर कमजोरी नदेखिएपछि प्रधानमन्त्री शाहले गुरुङलाई पुनः गृह मन्त्रालयको जिम्मेवारी दिने निर्णय गरेका हुन्।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com
सुधन गुरुङ पुनः गृहमन्त्री बन्दै, आजै शपथ हुने | Global TV Khabar