Global TV Logo
लोड हुँदैछ...

पृथ्वी राजमार्ग अवरुद्धपछि त्रिभुवन राजपथमार्फत पेट्रोलियम र एलपी ग्यास आपूर्ति निरन्तर

S
Sristi Thakuri
२०२६-०९-०६, ०५:२८ AM
होमपेज/समाचार
 पृथ्वी राजमार्ग अवरुद्धपछि त्रिभुवन राजपथमार्फत पेट्रोलियम र एलपी ग्यास आपूर्ति निरन्तर

काठमाडौं  ,भदौ २१ - पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा सडक भासिएपछि नेपाल आयल निगमले त्रिभुवन राजपथमार्फत काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रमा पेट्रोलियम पदार्थ र एलपी ग्यासको आपूर्ति निरन्तर भइरहेको छ ।

गत भाद्र १४ गते त्रिशुली नदीको कटानका कारण पृथ्वी राजमार्ग भत्किँदा इन्धन बोकेका ट्याङ्कर तथा ग्यास बुलेट बिचमै रोकिएका थिए । आपूर्ति सहज बनाउन निगमले तराईका उद्योगमा भरिएका ग्यास सिलिन्डर वैकल्पिक मार्ग हुँदै काठमाडौँ भित्र्याउन थालेको हो । निगमका अनुसार भदौ १८ गते करिब २४ हजार ५ सय र भदौ १९ गते करिब ३४ हजार १ सय ३४ सिलिन्डर उपत्यका भित्र्याइएको छ । आपूर्ति प्रणाली सुचारु राख्न सार्वजनिक बिदाका दिन पनि ग्यासको रिफिलिङ र ढुवानी निरन्तर गर्न उद्योगलाई निर्देशन दिइएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अनुरोधमा रसुवा र नुवाकोटका अस्थायी सेल्टरहरूका लागि ५ सय ७५ थान एलपी ग्यास सिलिन्डर पठाइएको निगमले जनाएको छ ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com
पृथ्वी राजमार्ग अवरुद्धपछि त्रिभुवन राजपथमार्फत पेट्रोलियम र एलपी ग्यास आपूर्ति निरन्तर | Global TV Khabar