थापा–खड्का भेटवार्ता : विवाद समाधानतर्फ सहमतिको सम्भावना बढ्यो

काठमाडौं ,भदौ २१ - पार्टीभित्रको विवाद समाधानको प्रयासका लागि सभापति गगन थापा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काबिच भेटवार्ता भएको छ ।
सभापति थापा र निवर्तमान कार्यवाहक सभापति खड्का दुवै पक्षको सचिवालयले नेताद्धयबीच वान टु वान भेटवार्ता भएको पुष्टि गरेको छ । सभापति थापाले निवर्तमान कार्यवाहक सभापतिले राखेका माग पूरा गर्न सहमति जनाएको उल्लेख गर्दै निकट एक नेताले अब सहमति हुने सम्भावना बढेको दाबी गरेका छन् । खड्काले १५ औँ महाधिवेशनका लागि नवीकरण गराएका र नयाँ क्रियाशील सदस्यता लिएकालाई अद्यावधिक नगरेको निहुँमा १५ औँ महाधिवेशनमा भाग लिनबाट कसैले वञ्चित गर्न नसक्ने बताउँदै आएका छन् । सबैलाई महाधिवेशनमा स्वतः भाग लिन पाउने व्यवस्थाको सुनिश्चितता आफ्नो जिम्मेवारी रहेको उनको भनाइ छ । साथै, उनले १४ औँ महाधिवेशनबाट केन्द्रीय समितिमा निर्वाचित सदस्यहरूलाई पनि विशेष महाधिवेशनमा समेट्नु पर्ने बताइरहेका छन् । यी मागका विषयमा सभापति थापा सकारात्मक रहेको दाबी गरिएको छ ।
लोकप्रिय खबर
लोड हुँदैछ...



