पाकिस्तानको ब्रोड पिकमा निधन भएका तीन जना नेपालीको शव आज काठमाडौं ल्याइँदै
S
Sristi Thakuri२०२६-०८-११, ०५:५८ AM

काठमाडौं , साउन २६ - पाकिस्तानको ब्रोड पिकमा निधन भएका तीन जना नेपालीको शव आज काठमाडौं ल्याइँदै छ ।
पाकिस्तानको ‘ब्रोड पिक’मा यही साउन १४ गते हिमपहिरोमा परी निधन भएका तीन जना नेपाली नागरिकको शव आज काठमाडौं ल्याउन लागिएको हो । निधन भएकामध्ये किली पेम्बा शेर्पा किलु, ग्यालु शेर्पा र निमा शेर्पाको शव कतार एयरवेजको उडानमार्फत अपराह्न पौने ५ बजे काठमाडौं आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । दुर्घटनामा निधन भएका पुरबहादुर गुरुङ ‘युक्त’ को शव यही साउन २१ गते नेपाल ल्याइसकिएको छ । दुर्घटनास्थलबाट एक नेपाली, एक पाकिस्तानी र एक अमेरिकी आरोही गरी तीन जनाको शव फिर्ता ल्याउन बाँकी रहेको बताइएको छ ।
लोकप्रिय खबर
लोड हुँदैछ...



