Global TV Logo
लोड हुँदैछ...

प्रतिनिधि सभामा सीमा मुद्दा उठ्यो, सरकारको ध्यानाकर्षण

S
Sristi Thakuri
२०२६-०६-१६, ०७:४७ AM
होमपेज/विशेष समाचार
प्रतिनिधि सभामा सीमा मुद्दा उठ्यो, सरकारको ध्यानाकर्षण

काठमाडौँ, असार १ -श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्कराज राईले प्रधानमन्त्री बालेन्द्र साहको नेपालले पनि भारतको सीमा मिचेको छ भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाउँदै संसद्को रेकर्डबाट हटाउन माग गरेका छन । 

मंगलवार बसेको प्रतिनिधि सभाको बैठकमा सांसद राईले राष्ट्रिय अखण्डताको रक्षाका लागि प्रधानमन्त्रीले आफ्नो भनाइ सच्याउनुपर्नेमा जोड दिए । बैठकका क्रममा उनले सीमा क्षेत्रमा हुने डुबान, भूमिहीनका समस्या र माईतीघरमा जारी आन्दोलनका विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराए । सांसद राईले रौतहटको गौर नजिकै भारतले लाल बकैया र वागमती नदीमा उच्च बाँध निर्माण गरेका कारण नेपाली भूभाग डुबानमा पर्ने गरेको रिपोर्टिङ आएको बताए । 

भूमि व्यवस्था मन्त्रालयको ध्यानाकर्षण गराउँदै उनले सप्तरीको राजविराजमा ८५ वर्षदेखि बसोवास गर्दै आएका नागरिकहरू धनीपुर्जाको माग गर्दै एक महिनादेखि आन्दोलित रहेको जानकारी दिए । ७० बिघाको आसपासमा बसोबास गर्ने ती स्थानीयले नगरपालिकालाई कर तिर्दै आए पनि पुर्जा नपाउनु न्यायपूर्ण नभएको उनको तर्क थियो । 

त्यसैगरी, उनले सुनसरी क्षेत्र नम्बर १ अन्तर्गत रामधुनी–७ को ६४ बिघा जग्गामा ६६ वर्षदेखि बसोबास गरिरहेका स्थानीयले अझै लालपुर्जा नपाएको र अहिले नक्कली जग्गाधनी खडा गरी उनीहरूलाई दुःख दिने काम भइरहेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com