Global TV Logo
लोड हुँदैछ...

आगामी आर्थिक वर्षको बजेट मन्त्रिपरिषद्बाट पारित

S
Sristi Thakuri
२०२६-०५-२९, १०:३० AM
होमपेज/समाचार
आगामी आर्थिक वर्षको बजेट मन्त्रिपरिषद्बाट पारित

आगामी आर्थिक वर्षको वार्षिक बजेट मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गरेका थिए । सोही बैठकले बजेटलाई अनुमोदन गरेको हो ।मन्त्रिपरिषद्बाट पारित भएसँगै अब बजेट संघीय संसद्को संयुक्त बैठकमा पेश गरिने तयारी गरिएको छ । प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा अर्थमन्त्री डा. वाग्लेले केहीबेरमै आगामी आर्थिक वर्षको आय–व्यय विवरण सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।सरकारले आगामी आर्थिक वर्षका लागि राजस्व संकलन, सार्वजनिक खर्च, विकास निर्माण, सामाजिक सुरक्षा तथा आर्थिक सुधारलाई केन्द्रमा राखेर बजेट ल्याउने तयारी गरेको जनाएको छ । बजेटमार्फत विभिन्न क्षेत्रका प्राथमिकता र नयाँ कार्यक्रमसमेत घोषणा गरिने अपेक्षा गरिएको छ ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com
आगामी आर्थिक वर्षको बजेट मन्त्रिपरिषद्बाट पारित | Global TV Khabar