कांग्रेसले आज सार्वजनिक गर्दै केन्द्रीय कार्यसमितिका निर्णय

काठमाडौं , भदौ २ नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठकबाट पारित निर्णयहरू आज सार्वजनिक गर्ने भएको छ ।
पार्टीले निर्णयहरू सार्वजनिक गर्न मंगलबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन आयोजना गर्दैछ । कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार पत्रकार सम्मेलनमार्फत बैठकका निर्णयहरू औपचारिक रूपमा सार्वजनिक गरिनेछ । साउन २४ गतेदेखि सुरु भएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सोमबार सम्पन्न भएको थियो । बैठकमा पार्टीका विभिन्न विषयमा केन्द्रीय पदाधिकारी तथा सदस्यहरूले धारणा राखेका थिए ।महामन्त्री प्रदीप पौडेलका अनुसार विशेष महाधिवेशनपछि यो कांग्रेसको तेस्रो केन्द्रीय कार्यसमिति बैठक हो ।
बैठकमा सहभागी प्रत्येक सदस्यलाई आफ्नो धारणा राख्न सात मिनेटको समय निर्धारण गरिएको थियो ।बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यसँगै सुदूरपश्चिम प्रदेशबाहेक अन्य प्रदेशका सभापतिहरूको समेत सहभागिता रहेको थियो ।बैठकबाट पारित निर्णयहरूबारे आज हुने पत्रकार सम्मेलनमार्फत कांग्रेसले आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्ने तयारी गरेको हो ।
लोकप्रिय खबर
लोड हुँदैछ...



