कांग्रेसका सांसदको माग पूर्वगृहमन्त्री सुधन गुरुङको सम्पत्तिमाथि छिटो छानविन होस्
S
Sristi Thakuri२०२६-०५-१८, १०:३८ AM

नेपाली कांग्रेसका सांसद अभिषेक प्रताप शाहले पूर्वगृहमन्त्री सुधन गुरुङको सम्पत्तिमाथि निष्पक्ष र पारदर्शी छानबिन गर्न सरकारसँग माग गरेका छन्।सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले गुरुङले सार्वजनिक गरेको सम्पत्ति विवरण अस्वाभाविक र शंकास्पद देखिएको दाबी गरे। शाहले हाल गठन गरिएको छानबिन समितिमाथि पनि प्रश्न उठाउँदै पूर्वगृहमन्त्रीलाई जोगाउने प्रयास भइरहेको आशंका व्यक्त गरे।उनले कुनै पनि व्यक्तिले कानुनभन्दा माथि रहने उन्मुक्ति पाउन नहुने भन्दै आयोगले दबाब वा प्रभावमा परेर काम गर्न नहुने बताए। साथै, आयोगको गतिविधिमाथि निगरानी राख्दै उच्चस्तरीय छानबिन सुनिश्चित गर्न सरकारसँग माग गरे ।
लोकप्रिय खबर
लोड हुँदैछ...



